काठमाडौं – सरकारले चैतमा १५ र १६मा आयोजना गरेको लगानी सम्मेलनबाट ३१ परियोजनाका लागि २७ खर्ब रुपैयाँ लगानीको आशय प्राप्त गरेको छ।
३१ परियोजनाका लागि ४८ आवेदकका तर्फबाट आशय व्यक्त भएको हो ।
३१ मध्ये २६ परियोजना लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजना हुन्। ५ परियोजना भने लगानीका लागि आह्वान नगरिएका र निजी क्षेत्रले सम्मेलनका क्रममा गरेका समझ्दारीमा आधारित रहेको लगानी बोर्डले जानकारी दिएको छ।
लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले सरकारले प्रतिस्पर्धी लगानीको वातावरण निर्माणमा कुनै कसर बाँकी नराखेको सन्देश प्रवाहित गर्न सरकार सफल भएको बताएका छन् ।
लगानी सम्मेलन आयोजना भएकामा सरकारले वैशाख ८ सम्म आशय व्यक्त गर्न सकिने गरी लगानीकर्तालाई समय दिएको थियो। यो अवधिलाई अझै विस्तार गरी जेठ ६ सम्मको समय दिइएको छ।
उनले जेठ ६ पछिमात्र प्रस्ताव माग गरी परियोजना कार्यान्वयन प्रक्रिया अघि बढाइने बताएका छन् ।
FACEBOOK COMMENTS