काठमाडाैं – नेपाल वायु सेवा निगमले खरिद गरेका २ वटा वाइडबडी विमानमा आर्थिक चलखेल भएको अन्तर्राष्ट्रिय सम्बन्ध सिमितिले दाबी गरेको छ ।
अनियमितता बारे अध्ययन गर्न बनेको उपसमितिले बनाएको उपसमितिको प्रतिवेदनमा जहाज खरिद प्रक्रियादेखि नै अनियमितता भएको ठोकुवा गरेको हो।
उपसमितिले प्रतिवेदनमा नेपाल वायुसेवा निगमले जहाज निर्माता एअरबस कम्पनीलाई कति पैसा भुक्तानी गर्यो भन्ने नै नखुलेको उल्लेख छ ।
उपसमितिको प्रतिवेदन अनुसार समितिले मूल्यवृद्धिको कारण धेरै रकम तिर्नुपरेको नेपाल वायुसेवा निगमको दाबी पुष्टी गर्ने आधार प्रमाण नदेखिएकाले त्यो रकम फिर्ता गर्न पनि निर्देशन दिएको छ ।
यस्तै २ सय ४२ टनको उडान भार क्षमताको जहाज किन्ने सम्झौता भए पनि निगमले जम्मा २ सय ३० टन उडान भार भएको निगम ल्याएको र १२ टन अन्तरको रकम फिर्ता गराउन पहल गर्न पनि सरकारलाई अनुरोध गर्ने प्रतिवेदनको निष्कर्षमा उल्लेख छ ।
एजेन्टले पैसा दिन नमानेमा कुटनितिक पहल गर्न पनि समितिले निर्देशन दिएको छ ।
FACEBOOK COMMENTS