काठमाण्डौँ — प्रदेश १ को अस्थाई राजधानी विराटनगरमा एक अर्ब रुपैयाँको लागतमा सेन्ट्रल मल सञ्चालनमा ल्याइएको छ।
व्यापारिक प्रयोजनका लागि तीनवटा व्यावसायिक समूह देवेनरा, हाईलाइफ र विशाल ग्रुपको संयुक्त लगानीमा तीनतले सुविधा सम्पन्न मल सञ्चालनमा ल्याइएको हो।
५० वर्षसम्मको परिकल्पना गरेर सञ्चालन गरिएको मल वातानुकूलित रहेको जनाइएको छ।
यही भवनभित्र ११ करोड लागतको चलचित्र हल पनि छ।
मल सञ्चालनमा आएसँगै खानाका परिकार, लत्ताकपडा, बालबालिकाका लागि आवश्यक पर्ने वस्तु, विभिन्न देशका ब्रान्डेड कम्पनीका लुगा, जुत्ताचप्पल, कस्मेटिक, दैनिक उपभोग्य वस्तु, सुन तथा चाँदी र त्यसबाट बनेका गरगहना, विलासिताका सामानलगायत एकै ठाउँबाट खरिद गर्न मिल्ने जनाइएको छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS