काठमाण्डौं– पूर्वधार निमार्णलाई केन्द्रमा राखी सरकार र निजी साझेदारीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक को शुभारम्भ भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले समुद्घाटन गर्दै दिर्घकालिन विकासको लागि यो बैंक आवश्यक भएको बताएका छन् ।
उनले अरु बैंक अल्पकालिन योजनाका साथ अघि बढेकाले दिर्घकालिन योजनाको लागि यो बैंक आवश्यक भएको बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले यो बैंकमा सरकारको पनि सेयर भएकाले यसको विश्वाश वढी हुने दाबी गरेका छन् ।

४० अर्ब अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब चुक्ता पुँजी रहेको बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालका यातायात, कृषि, ऊर्जा, पर्यटन, सेज, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधी लगायतको विकासमा काम गर्ने लक्ष्य रहेको छ।
बैंकले ८ अर्ब रुपैयाँको सेयर सर्वसाधारणलाई जारी गर्नेछ ।
बैंकका प्रमख कार्यकारी अधिकृत अनिल ज्ञवालीले सातवटै प्रदेशमा कार्यालय स्थपना गरेर काम अघि बढाउने बताएका छन्।

बैंकको संचालक समितिको अध्यक्षमा अनुजराज अग्रवाल रहेका छन् भने सदस्यहरूमा मुकुन्दप्रसाद पौडेल, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र नुमनाथ पौडेल रहेका छन्।
