काठमाडौं । नेपाल बैंकर्स संघको ४०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले संघको अध्यक्ष, उपाध्यक्ष र चार जना कार्यकारिणी सदस्य निर्विरोध चयन गरेको छ।
सभाबाट ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी संघको अध्यक्ष भए । त्यस्तै, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल उपाध्यक्षमा चयन भए ।
यसैगरी, कार्यकारिणी सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्य, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे निर्विरोध चयन भए ।
सल्लाहकार, प्रमुख कार्यकारी अधिकृत, हिमालयन बैंक लिमिटेडका सीईओ अशोक समसेर राणा रहेका छन् ।