काठमाण्डौँ – वैदेशिक रोजगारसम्बन्धी ठगीमा परेर उजुरीका लागि काठमाडौंंसम्म आइपुग्नु नपर्ने भएको छ ।
काठमाडौंं आउन नसक्ने हजारौं पीडित युवाका लागि सरकारले जिल्लास्तरमा नै उजुरी र न्याय सुनुवाईको व्यवस्था गरेको छ ।
जिल्लास्तरमा नै ठगीका उजुरी गर्ने कानुनी व्यवस्थासँगै हजारौ युवाले घरपायक न्याय पाउने भएका छन् ।
थप आर्थिक भार र पहुँचका हिसाबले काठमाडौं आउन नसकेका कारण ५० प्रतिशतभन्दा बढी वैदेशिक रोजगारसम्बन्धी उजुरी दर्ता हुने गरेको पाइँदैन ।
ठगीमा परी पीडित भइरहेका बेला थप आर्थिक भार बेहोर्दै राजधानी आउन झन्झटिलो हुने भएका कारण ५० प्रतिशतभन्दा बढी पीडित न्यायबिना नै बस्ने गरेका कारण जिल्लास्तरमा ठगीका मुद्दा धेरै हुने गरेका छन् ।
– कारोबार
FACEBOOK COMMENTS