काठमाण्डौं– सरकारले वैशाखदेखि जयनगर– कर्था (जनकपुरदेखि पश्चिम) रेल सेवा संचालन गर्ने भएको छ।
रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुगेकाले आगामी वैशाखदेखि विभागले पाँच वर्षपछि पुनः सेवा विस्तार गर्न लागेको हो।
रेल ल्याउने तयारी अन्तिम चरणमा पुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए।
नेपाल –भारत सरकार–सरकारबीच खरिद विक्री हुने भएकोले प्रक्रिया मिलाउन समय लागेको उनले बताए ।
यस अघि चालु आर्थिक वर्षको कात्तिकमै जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म कात्तिक २०७५ मै रेल गुडाउने भनिएपनि ट्याक निर्माण लगायका काम सम्पन्न नभएकोले निर्धारित समयमा रेल सेवा संचालन हुन सकेको थिएन।
– नागरीक
FACEBOOK COMMENTS