मदन तिमल्सेना, तनहुँ ,मंसिर १८- ग्रामीण तथा सहरी भेगका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच पुय्याउन रुम टु रिड तथा बिघालयको सहकार्य तनहुँ जिल्लामा साक्षरता कार्यक्रम संचालन भइरहेको छ ।
बुधबार उक्त कार्यक्रम संचालन भएका व्यास नगरपालिका वडा नं १० का बिद्यालयहरुमा व्यास नगरपालिका का नगरप्रमुख ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने को नेतृत्वमा अनुगमन गरियो ।
उक्त अनुगमन कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त,शिक्षा शाखा प्रमुख व्यास नगरपालिका नगेन्द्र प्रसाद रेग्मी , ब्यास नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु तुलसीराम सापकोटा, काशिराम श्रेष्ठ र प्रेम कुमार श्रेष्ठ, शिक्षा शाखाकी सहायक अधिकृत राधा आचार्य , पत्रकार मदन तिमल्सेना रुम टु रिडका खड्कबहादुर कुबर, हरि प्रसाद आचार्य , राधाकृष्ण हुमागाईं, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका माधवप्रसाद अधिकारी, उज्जल खनाल , सुस्मा नागिला लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । उक्त टोलीले व्यास नगरपालिका वडा नं १० का दुई बिद्यालयहरु स्री चण्डी देबी राष्ट्रिय मा वि कुमलटारी र स्री शिव मा वि दुम्सी को विद्यालयको अनुगमन गर्नुभएको थियो ।
तनहुँ जिल्लामा रुम टु रिडको आर्थिक सहयोग फ पढनको लागि कोठाको प्राविधिक सहयोग एवम् नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको साझेदारीमा सन् २०१७ देखि सामुदायिक विघालय साक्षरता कार्यक्रम सञ्चालनमा रहेको छ । यस जिल्ला ८४ वटा विघालयमा पुस्तकालय कार्यक्रम र सन् २०१७ र २०१८ मा साक्षरता कार्यक्रम गरि जम्मा १८७ बिघालयमा रुम टु रिडले काम गरिरहेको छ ।
कार्यक्रमको उद्देश्य पठनसीपको विकास गर्ने ,समुदायको सहभागीता बढाउने , बालमैत्री बसाइ व्यवस्थापन सहयोग गर्ने , शिक्षकहरुको क्षमता विकास गर्ने गरेको छ । यस संस्थाले बिघालयलाई तीन वर्षका लागि सहयोग गर्ने गरेको छ । त्यस अबधिमा पुस्तकालयको स्थापना गर्ने पनि रहेको छ ।
उक्त अवसरमा व्यास नगरप्रमुख न्यौपाने यस्ता कार्यक्रमहरु विध्यार्थीहरुको हक हितको लागि राम्रो भएको र यो कार्यक्रम ३ बर्ष मात्र हैन लामो समयसम्म चल्नुपर्ने बताउनुभएको थियो । उक्त अवसरमा शिक्षा शाखा प्रमुख व्यास नगरपालिका नगेन्द्र प्रसाद रेग्मीले रुम टु रिडर नेपाल गाजा डेभलपमेन्टको ब्यबस्थापनले कक्षा कोठा व्यवस्थापन तथा शैक्षिक सामाग्रीको बिघालयलाई सहयोग गर्ने , कक्षा १ र २ को नेपाली भाषा शिक्षकका लागि शैक्षिक तालिम दिएको छ यसले शिक्षकहरुलाई बालबालिहरुलाई सजिलै बुझाउने गरेर सिकाउन सक्ने गरेका छन् ।
शिव माध्यमिक विघालय दुम्सिमा कक्षा ६ र ७ मा रुम टु रिडले बालिका शिक्षा सन्चालन गरेको छ । बालिकाहरुमा पर्ने समस्यहरु सजिलै हल गर्न सक्ने आफुलाई समस्या पर्दा आफ्नो बुवा आमालाई , शिक्षक तथा आफ्नो नजिकको साथिलाइ सजिलै भन्न सक्ने बनाएको पाईएको छ ।
देशका बालबालिका, किशोरकिशोरी र महिलाका परिवर्तन हुँदै गएका आवश्यकताहरू अनुसार नेपालमा रुम टु रिडले कार्यक्रमहरु गरे पछि केहि परिवर्तन भएको महसुस गरिएको तथ्यांकले देखाएको छ ।
बालिका शिक्षा कार्यक्रम शिक्षामा लैङ्गकि असमानताले प्रभावित बालिकाहरुको शिक्षा केन्द्रीत छ । जिवनोपयोगी सीप शिक्षा, मेन्टोरिङ, परिवार, विघालय र समुदायको संलग्नता,सामग्री सहयोगहरु गर्दै आएको छ ।
FACEBOOK COMMENTS