काठमाडौं – चिनी उत्पादक संघका अध्यक्ष शशीकान्तअग्रवालले पाँच दिनभित्र किसानहरुको बक्यौता रकम तिर्न नसक्ने जवाफ दिएको छ ।
सरकारले पाँच दिनभित्र किसानको उखुको तिर्न बाँकी रकम तिर्न निर्देशन दिए पनि अग्रवालले उक्त निर्देशनप्रति नै आपत्ति जनाएको छ ।
चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको मंगलबारको बैठकमा चिनीको बक्यौता रकम तिर्न सरकारले आफूहरुको गोदाममा थन्किएर बसेको चिनी खरिद गर्नुपर्ने शर्त राखे ।
शशीकान्त अग्रवाल लगाएतका चिनी उद्योगीले आफ्नै चिनी उत्पादन भन्दा पनि विदेश बाट अवैधरुपमा आफ्नो गोदामा थुपारेको आरोप लाग्ने गरेको छ । सस्तोमा आयतित चिनीलाई महङ्गोमा बेच्न सरकारलाई चिनी आयतमा बन्देज लगाउन सफल भएका थिए ।
सरकार व्यवसायीको प्रलोभनमा परि चिनी आयत बन्देज लगायो फलस्वरुप बजारमा चिनीको मुल्य ह्वात्तै बढ्यो । तर उद्योगीले सरकारले चिनीमा आयतमा बन्देज लागे पछि किसानको पैसा चुक्ता गर्ने बताए पनि अहिले आनाकानि गरिरहेका छन् ।
उखु उद्योगहरुले किसानलाई २ अर्ब ७६ करोड रुपैया भुक्तानी गर्न बाकी रहेको छ।
FACEBOOK COMMENTS