काठमाडौँ, अशोज २९ – शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ । अघिल्लो वर्षको नाफाबाट शिबम् सिमेन्टले आफ्ना शेयरधनीलाई करसहित २४.२१ प्रतिशत नगद लाभांश दिने भएको हो । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जनाएको छ ।
तोकिएको नगद लाभांश दिँदा शिवम्ले आफ्ना शेयरधनीलाई १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैंया बराबरको लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभाले पारित भएपछि वितरण हुनेछ ।
FACEBOOK COMMENTS