काठमाडौं, जेठ २८ – संस्कृतिविद् सत्यमोहन जोशी बिरामी भएका छन्। १०२ वर्षका जोशीको छातीमा समस्या देखिएपछि ललितपुरको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।
स्वासप्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते अस्पताल भर्ना भएका थिए ।उनको छातीमा निमोनियाको संक्रमण देखा परेकोले उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । जोशीको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।
१०२ वर्षीय जोशीको उपचारका लागि छाती रोग विशेषज्ञ प्रा. डा. मीलेश जंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको संयुक्त टोली संलग्न रहेको किस्ट अस्पतालले जनाएको छ ।
FACEBOOK COMMENTS