काठमाडौं, चैत ११ – उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको आपूर्ति नरोकिने र आवश्यक परे सरकारले नै घरघरमा डेलिभर गर्ने बताएको छ । मन्त्रालयले उपभोग्य सामग्री नपाएमा ११३७ मा फोन गर्न समेत सबैमा आग्रह गरेका छ।
उपभोग्य सामग्रीका लागि जनताले सास्ती भोग्न नपर्ने र आवश्यक भएमा नजिकको प्रहरी बिटको अनुमति लिएर पसलमा गएर उपभोग्य सामग्री गरिद गर्न सकिने समेत मन्त्रालयले जनाएको छ ।
सरकारले लकडाउनको समयमा खाद्य सामग्री, तरकारी तथा दूध तथा औषधी पसल पसल बन्द नगर्न समेत भनेको छ ।
FACEBOOK COMMENTS