काठमाण्डौं– नेपाल र कोरिया बीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने समझदारीपत्र मा हस्ताक्षर भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझादारीपत्रमा महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र एसबीसी कोरियाका अध्यक्ष ली साङ जीक हस्ताक्षर गरे ।
अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने उद्देश्य रहेको कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ ।
यसबाट समग्रमा साना तथा मझौला व्यवसायलाई युग सुहाउ“दो रूपमा विकास गरी त्यस मार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
FACEBOOK COMMENTS