काठमाडौं, चैत ३१ – सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एम ६२ शक्तिशाली ब्याट्री क्षमताका साथमा नेपाली बजारमा सार्वजनिक भएकाे छ ।सामसङकाे फ्ल्यागशिप चिपसेट एक्सिनस ९ अक्टा ९८२५ द्धारा सञ्चालित याे फाेनमा शक्तिशाली ७००० एमएएच ब्याट्री रहेकाे छ, जसमा २५ वाटको चार्जर, सी पोर्ट यूएसबी र ३.५ एमएम हेडफोन ज्याक रहेकाे छ ।
कम्पनीका अनुसार एकपटक फुल चार्ज गरेपछि न्यूनतम ५० घण्टासम्म ब्याट्री टिक्छ ।६.७ इन्चकाे एमाेलेड प्लस डिस्प्ले रहेकाे याे फाेनमा ३९३पीपीआई पिक्सेल डेन्सिटी रहेको छ । फाेनकाे पछाडि क्वाड क्यामेरा सेटअप रहेकाे छ, जसमा मुख्य क्यामेरा ६४ मेगापिक्सेलकाे छ । त्यस्तै ३२ मेगापिक्सेलकाे सेल्फी शुटर रहेकाे छ ।
याे फाेनकाे इन्टर्नल स्टाेरेज १२८ जीबी रहेकाे छ, जसलाई १ टीबीसम्म एक्स्पान्ड गर्न सकिन्छ । याे फाेन ६ जीबी र्याम र ८ जीबी र्याम भेरियन्टमा उपलब्ध भएकाे छ ।
भेरियन्ट | मूल्य |
६/१२८ जीबी | रू. ३९,९९९ |
८/१२८ जीबी | रू.४२,९९९ |
FACEBOOK COMMENTS