काठमाण्डौँ — बंगलादेशले ११ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त आयोजनामा लगानी गर्ने प्रस्ताव गरेको छ ।
‘पावर एण्ड इनर्जी सप्ताह’को क्रममा बंगलादेशमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसमक्ष बंगलादेशले यस्तो प्रस्ताव गरेको हो ।
बंगलादेशका विद्युत्मन्त्री नसरुल हमिदले सुनकोसी–२ र ३ जलविद्युत् आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव गरेका थिए ।
बंगलादेशले ११ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त आयोजनामा लगानी गर्ने प्रस्ताव गरेको छ । ‘
सिन्धुलीको सुनकोसी दोस्रो तथा काभ्रे र रामेछापको सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको हाल विद्युत् विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको छ ।
— कारोबार
FACEBOOK COMMENTS