असार १३ — संघीय कृषि मन्त्रालयमा काम गर्ने कपिलवस्तु नगरपालिकाका एक कर्मचारीले असार ३ गते पीसीआर परीक्षणका लागि स्वाब दिए । काठमाडौं प्रवेशका लागि उनलाई यस्तो रिपोर्ट आवश्यक परेको थियो । शुक्रबार स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आयो ।
कपिलवस्तुमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित पाइएको यशोधरा गाउँपालिकाको अनिरुद्ध पब्लिक माविस्थित आइसोलेसन सेन्टर । ८४ जना संक्रमितलाई राखिएको यो आइसोलेसन जेठ ३० मा ५३ जना डिस्चार्ज भएपछि खाली भएको छ । तस्बिर स् मनोज पौडेलरकान्तिपुर
लकडाउनभन्दा अघि घर आएर आइसोलेसनमा थिए । मास्क छाडेका थिएनन् । ‘सतर्क थिए, कसरी संक्रमण भयो, भयो । सुन्दा पनि अचम्म लाग्यो,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले भने, ‘उनकी श्रीमतीको रिपोर्ट नेगेटिभ छ ।’
जिल्लामा कोरोना परीक्षण भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिमा सीमित छ । क्वारेन्टाइनमा १४ दिन बसेका अधिकांश व्यक्तिलाई घर पठाइएपछि परीक्षण सुस्ताएको छ । हटस्पटमा परीक्षण रोकिँदा समुदायमा सन्त्रास बढेको हो । पीसीआर परीक्षणबिनै अधिकांश संक्रमित घर फर्किसकेका छन् । यसले समुदायमा अन्योलको वातावरण छ । यस्ता व्यक्ति संक्रमणमुक्त भएको र उनीहरूबाट कोरोना सर्दैन भनेर कसैले चेतना फैलाएको छैन ।
कपिलवस्तुमा अहिले संक्रमण दरमा कमी आएको छ । वैशाख तेस्रो सातादेखि जेठ अन्तिमसम्म संक्रमण उच्च थियो । जेठ अन्तिममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइन र आइसोलेसनमा १४ दिन बिताएर लक्षण नदेखिएकालाई घर पठाउने निर्देशिका जारी गर्यो । निर्देशिका कार्यान्वयनपछि प्रदेश ५ स्थित तराईका जिल्लामा रहेका क्वारेन्टाइन र आइसोलेसन रित्तिँदै गएका छन् । जिल्लामा ५ सय ५० भन्दा बढी संक्रमितको दोस्रोरतेस्रोपटक पीसीआर परीक्षण नगरी घर पठाइएको छ । अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङका आधारमा समुदायमा परीक्षण सुरु नगरिएकाले नयाँ संक्रमितको संख्यामा कमी आएको छ ।
कपिलवस्तुमा आठ सयभन्दा बढी संक्रमित छन् । ‘संक्रमितको त परीक्षण गरिएन,’ एक स्वास्थ्यकर्मीले भने, ‘कन्ट्याक्ट ट्रेसिङ गरेर उनीहरूको सम्पर्कमा आएकाको झन् के हुन्थ्यो ∕ ।’ ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ झन् हुनै सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयले परीक्षणको दायरा बढाउन सकेको छैन । विभिन्न आइसोलेसनमा १४ दिन बसेका र लक्षण नदेखिएकाले डिस्चार्ज गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। किशोर बन्जाडेले बताए । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को मान्यताअनुसार यो काम गरेको उनले बताए । जिल्लामा अहिलेसम्म आठ हजारको पीसीआर परीक्षण गरिएको छ । १४ हजार जनाको आरडीटी गरिएको छ ।
परीक्षणको दायरा घटेकाले संक्रमण दर कम देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताए । ‘भैरहवाको प्रदेश प्रयोगशालाको क्षमता कम हुँदा समस्या भइरहेको छ,’ उनले भने, ‘चाहेर पनि परीक्षण बढाउन सकेका छैनौं ।’ पहिला दैनिक तीनरचार सय स्वाब संकलन हुन्थ्यो । अहिले एक सय पनि हुँदैन । कहिले एउटै नमुना संकलन हुँदैन । ‘हटस्पट भएकाले परीक्षणको दायरा बढाउन आवश्यक छ,’ उनले भने, ‘परीक्षण नहुँदा चुनौती थपिएको छ ।’
धेरै संक्रमित रहेका बाँके र बर्दियामा पनि नयाँ संक्रमण पुष्टि हुनेको संख्यामा कमी आएको छ । आरडीटी गरेर घर पठाउन थालिएपछि क्वारेन्टाइन खाली छन् । बर्दियामा ११ हजार ३ सय ७ जनाको आरडीटी गरिएको छ । तीन सय जनाको आरडीटी पोजिटिभ आयो । उनीहरूको स्वाब संकलन गरेर पीसीआर जाँच गर्दा १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ । समुदायमा परीक्षण सुरु गरिएको छैन । कोरोना पुष्टि भएका व्यक्तिको मात्र कन्ट्याक ट्रेसिङ गरिएको छ । अझै २ सय ८८ जनाको रिपोर्ट आउन बाँकी छ । यहाँका आठ स्थानीय तहले बनाएका १ सय ४५ क्वारेन्टाइनमा अहिले १ हजार ६ सय ९८ जना छन् । १४ दिन क्वारेन्टाइनमा राख्ने र १५ औं दिनमा आरडीटी गर्दा नेगेटिभ रिपोर्ट आए उनीहरूलाई घर पठाउने गरिएको छ ।
बाँकेमा अहिलेसम्म ८ हजार ९८ जनाको आरडीटी गरिएको छ । ३ सय ३३ जनाको पोजिटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो । नेपालगन्ज–८, जोलहनपुर्वा र नरैनापुर कोरोनाको हटस्पट बनेपछि पीसीआर परीक्षणको दायरा बढाइएको थियो । अहिलेसम्म ६ हजार ५ सय ८८ जनाको पीसीआर गरिएको छ । ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएकामा २ सय ८८ जना निको भएर घर फर्किसकेका छन् । दुई जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिलाई आरडीटी जाँच गरेर घर पठाउने क्रम जारी छ ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सलटेन्ट फिजिसियन तथा मेडिकल विभाग प्रमुख डा। राजन पाण्डेले आरडीटीको रिपोर्ट विश्वास गर्न नसकिने बताए । ‘विभिन्न जिल्लामा आरडीटी रिपोर्ट नेगेटिभ तर पीसीआर पोजिटिभ देखिएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी विश्वास गर्न सकिन्छ रु बरु कोरोना जितेर घर फर्किसकेकाको स्वास्थ्य अवस्था बुझ्न आरडीटी गर्न सकिन्थ्यो ।’ समुदायमा परीक्षण हुन नसक्दा संक्रमणको खतरा यथावत् रहेको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले स्वास्थ्य मन्त्रालयको निर्देशिकाभन्दा बाहिर जान नमिल्ने बताए । ट्रेसिङमा परेका व्यक्तिको मात्रै पीसीआर परीक्षण गरिएको उनले बताए । ‘समुदायमै गएर पीसीआर र आरडीटी परीक्षण गर्न सकिएको छैन,’ उनले भने, ‘परीक्षणको दायरा नबढेकाले संक्रमित थपिएका छैनन् ।’
FACEBOOK COMMENTS