स्याङजा – स्याङ्जामा शनिबार बिहान २२ जना कोरोना संक्रमित थपिएका छन्। अर्जुनचौपारी गाउँपालिकाका मात्र १९ जनामा संक्रमण पुष्टि भएको हो।
१२ महिने बालकसहित १५ जना पुरुष र ६ जना महिलामा कोरोना भाइरस पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए। अर्जुनचौपारी गाँउपालिकाका १९ जनामध्ये १२ महिने बालकसहित ९, २७, ३६, १८, ३०, २५, २२, ३८, ३८, २२, ४१, ८ वर्षीय पुरुष र २०, १२, २५, २९, १०, १४ वर्षीया महिला छन्।
यसैगरी, पुतलीबजार नगरपालिकाका ४२ बर्षे, बिरुवा गाउँपालिकाका २३ बर्षे र वालिङका २६ बर्षे पुरुष पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु सबै जना भारतबाट स्याङजा आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेकालाई संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए। उनीहरुलाई जिल्लाको आइशोलेसनमा राखिने भएको छ।
शनिबार थपिएकासंगै स्याङ्जामा संक्रमितको संख्या १५९ पुगेको छ। तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने दुई जना संक्रमितको मृत्यु भएको छ।