काठमाडौं, मंसिर २८ – ग्लोकल प्रालिद्वारा आयोजित “ग्लोकल टीन हिरो २०२०” को उपाधी रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन् । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैठौं संस्करण हो ।
शनिबार भएको अनलाईन कार्यक्रमको बिच ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो । भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय, श्री रामेश्वर रे यादब ज्युले बिजेताको घोषणा गरेका थिए । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिएको थियो ।
वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरुमा एकराज घिमिरे, बातावरण विद् मन्दिरा श्रेष्ठ, स्वास्थ्य अभियन्ता रीत काफ्ले, शिक्षिका सुभाश शर्मा, कोडर सुलव सुबेदी, नवप्रबर्दक र वैभव नाहटा, उद्द्यमीबीच प्रतियोगिताको बिजेता चयन गरिएको थियो ।
मन्दिरा श्रेष्ठ रामेछापकी १९ वर्षीया स्वास्थ्य कार्यकर्ता कर्मी एवमं अभिएन्ता हुन् । उनले “युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०” को टीम लीडरको रूपमा काम गरेकी छिन् । उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यको रूपमा पनि सक्रियरुपमा सहभागी भईरहेकी छिन् । त्यस्तै शिक्षामा महिलाको पहुचका लागि काम गर्दै उनी “ट्री पद्ममा चाईल्ड क्लबमा” सामाजिक स्वयम्सेवकको रुपमा काम गरिरहेकी छिन् । स्वास्थ्य क्षेत्रमा कामको अनुभब बटुलदै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन् ।
देश भरिका किशोर किशोरीहरुबाट कुल ६०४ आवेदन आएकोमा आज ग्लोकल टीन हिरो उपाधिबाट सम्मानित गरिएको हो । यी किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।
नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालकाकै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट दुईजना सम्मनित भएका छन र श्रिलंकामा एक किसोरि सम्मनित भएका छन । वाई वाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ ।
अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता भएको थियो र आजको समरोहमा २०२० को बिजेता घोषणा गरिएको थियो । यस बर्षको निर्णायक टोलीमा अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक), उज्ज्वल श्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), रितु एस वैद्य (प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.), वरुन चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) रहेका थिए । यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन लामो क्षमता बिकास कार्यशालामा सहभागी हुने अवसर प्राप्त गरेका थिए ।
FACEBOOK COMMENTS