![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ – सरकारले चिनियाँ लगानीमा पुर्वाधार विकास बैंक स्थापना गर्न सैद्धान्तिक सहमति दिएको छ। मन्त्रीपरिषद्ले १ खर्ब रुपैयाँ चुक्ता पुँजी रहने बैंक स्थापनाका लागी सहमती दिएको अर्थ सचिवले बताएका छन् ।
सरकारले ठूला पुर्वाधार आयोजनामा लगानी गर्न चिनियाँ लगानीमा पुर्वाधार विकास बैंक स्थापना गर्न लागेको उनको भनाई छ ।
१ खर्ब रुपैयाँ चुक्ता पुँजी रहने पूर्वाधार विकास बैंकमा नेपाल सरकारको २० प्रतिशत र चिनियाँ लगानिकर्ताको ८० प्रतिशत लगानी रहनेछ।
नेपाल राष्ट्र बैंकले ‘पूर्वाधार विकास बैंकको इजाजत सम्बन्धि नीतिगत व्यवस्था, २०७४’ पारित गरेपछि पूर्वाधार विकास बैंक स्थापनाको बाटो खुलेको थियो।
FACEBOOK COMMENTS