काठमाडौं – निजी लगानीमा दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निर्माण हुने भएको छ । उक्त टावर वण्डर्स नेपालले ३ वर्ष भित्रमा निर्माण गर्न लागेको हो ।
टावर २५ तल्ले शीसाको हुने छ । शिसाको टावर बनाउन कम्पनीले सरकारसंग २३ वर्षका लागि जग्गा भाडामा लिइसकेको छ ।
शिसाको टावर सञ्चालनमा आएको ५ वर्षमा कर्जा भुत्तानी सक्ने छ । त्यसपछि लगानीकर्तालाई न्युनतम ३० देखि ७० प्रतिशत लाभांश दिने जानकारी दिएको छ ।
काठमाडौँको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३.२ रोपनी जग्गामा टावर बन्ने छ । टावर बनाउन २ अर्ब रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
वण्डर्स नेपालका संस्थापक अध्यक्ष इञ्जिनियर आकर्षण पोखरेलले टावर बनेपछि सगरमाथा र बुद्धको देश भनेजस्तै दक्षिण एशियाकै पहिलो स्काई टावरको परिचय नेपालले पाउने दाबी गरे ।
उक्त टावर १०० मिटरको हुनेछ भने त्यहाँ सुविधासम्पन्न पार्किङसहितका व्यावसायिक कम्प्लेक्स निर्माण गरिने बताएकोछ ।
FACEBOOK COMMENTS