काठमाडौं, १५ भाद्र – पटक पटक उपभोक्तालाई झुक्यउदै दण्ड जरिवाना तिर्दै आएको भाटभटेनी सुपरमार्केटले पुन: उपभोक्तालाई झुक्याउदै झुठको खेती गरेको छ । भाटभटेनीले निसेधाज्ञामा पसल खोल्न नपाउने भए पनि खसिको मासु मूल्य अत्याधिक बृद्धि भइरहेको बेला भाटभटेनी सुपरमार्केटले झण्डै आधा मूल्यमा बिक्री गर्छ भन्दै सस्तो प्रचारमा जुटेको पाइएको हो ।
भाटभटेनीले प्रतिकिलो ८५० रुपैयाँमै खसीको मासु बिक्री गरिरहेको बताएको छ । जबकी बजारमा खसीको मासु किलोको १३ देखी १८ सय रुपैयाँसम्म बिक्री हुँदै आएको छ ।एक अनलाईनले सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले नेपालगन्जको खसीको मासु बिक्री गरिरहेको र मासु प्रतिकेजी ८५० मै काठमाडौंको टंगाल, महाराजगञ्ज र पाटन सुपरमार्केटबाट बिक्री भइरहेको हवाला दिएको छ ।
तर आईबार विहान देखी रातीसम्म दिन भरि जसो पटक पटक निगरानी राख्दा पनि भाटभटेनी बन्द रहेको देखिन्छ । आज सोमबार हाल सम्म पनि सुपर मार्केट बन्द नै देखीन्छ । भाटभटेनी सामान्य पसल जस्तो नभई ठुलो प्रकृतिको छ । स्टाफ संख्या नै एउटै ब्रान्चमा २५ जना भन्दा धेरै नै छन्। नियमले पनि मास ग्यादरिङ्गमा रोक लागेको अवस्था छ । अर्को तर सुपर मार्केटले सस्तोमा मासु बेच्छ भन्दै उपभोक्तालाई उल्लु बनाउदै छ ।
न त भाटभटेनीले दिएको ९८०१२४६८०२ कोसंपर्क नम्बर नै उठछ । यसरी श्रिंखला बद्ध रुपमा एक पछि अर्को गर्दै ठग्दै आएको भाटभटेनीले उपभोक्तालाई नराम्ररी गुमराहमा पार्दै सेन्टिमेटसँग खेल्दै आएको छ ।
FACEBOOK COMMENTS