मिलन बहादुर मल्ल
कार्यकारी सदस्य तथा सभापति हेभि ईक्युपमेन्ट एसोसियसन
नाडा अटो शो मा ठाउँको अभावको कारण हेभी इक्युप्मेन्टको सहभागिता छैन । दुईपांग्रे, चारपांग्रे र स्पेयर पार्टको लागि पनि स्थान अभाव भएकाले हामीले सहभागिता जनाउन नसक्ने भएका हौंँ । गतवर्ष हामीले भक्तपुरको ९९ रोपनी जग्गामा हेभी इक्विपमेन्टको मात्रै प्रदर्शनी गरेका थियौं। यसपालिको नाडा अटो सोमा पनि सहभागिता जनाउने इच्छा नभएर होइन, ठाउँ नै नपुगेर सहभागिता नजनाएको मात्रै हो । २०७४÷७५ भन्दा २०७५÷७६ मा हेभी इक्विपमेन्टको व्यापार करिब ५० प्रतिशतले घटेको अवस्था छ ।
हेभि इक्युप्मेन्ट बाहेक यमहाबाईकको शो रुम पनि छ । विगत केही वर्षदेखि उच्च विक्रेताको रुपमा पुरस्कार पाएको छु । अहिलेको बजार प्रतिस्पर्धात्मक भएको छ । यही क्षेत्रमा लामो समयदेखि काम गरिरहेकाले व्यवसाय गर्न सजिलो भएको छ । अहिलेको व्यापार सम्बन्धका आधारमा हुन्छ ।
अटो व्यवसायको मुख्य समस्या भनेको अहिले मेकानिक्सको हो । नेपालमा मेकानिक्सको अध्ययनपछि विदेशजाने धेरै छन् । नेपालको अवस्था विदेशमा जति पैसा दिएर राख्न सक्ने क्षमता छैन । खाडि मुलुकमा तातो घामका काम गर्न तयार छन् तर नेपाल बस्न मान्दैनन् । नेपालमा २५÷३० हजार त कम्तिमा तलब छ तर यहा नेपाली बस्न मान्दैनन् । त्यस्तै नेपालमा हेभि इक्युप्मेन्ट चालकको पनि समस्या छ ।
FACEBOOK COMMENTS