काठमाडौं, वैशाख १२ – कोरोना संक्रमणले भयावह रुप लिने निश्चित भएपछि सरकारले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गर्दै भारतलाई पत्राचार गरेको छ । ‘लिक्विड अक्सिजन’सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकारले भारतसँग आग्रह गरेको हो ।
स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको लिष्ट परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई उपलब्ध गराएको बताइएको छ । पत्र पठाएलगत्तै दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग कुराकानी अगाडि बढाएको बताइएको छ ।
नेपालले लिक्विड अक्सिजन भारतको झारखण्डबाट ल्याउने गरेको छ ।
FACEBOOK COMMENTS