काठमाडौं, २४ कार्तिक – एलायन्स क्लब अफ काठमाडौंले संभव नेपालका अनाथ बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गर्नुका साथै खाना खुवाएको छ ।
सोमबार एक कार्यक्रमकाबीच एलायन्स प्रीतिमा शर्माको जन्मोत्सवको अवसरमा तारकेश्वर–७ फुटङ्ग, काठमाडौंका संभव नेपाल नामक सामाजिक संस्थाका करिब १५ जना अनाथ बालबालिकाहरुका लागि भनेर संस्थाका अध्यक्ष कपिल देवकोट स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा बालबालिकाहरुलाई खाना समेत खुवाईएको थियो ।
विगतका दिनहरुमा पनि विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको एलायन्सले सामाजिक क्षेत्रमा ठूलो योगदान गरेको छ । सेवा नै धर्म हो भन्ने उदेश्यलाई शिरोपर गर्दै आएको क्लबले नेपालमा आफ्नो कार्यक्रमहरु अगाडी बढाउँदै आएको छ ।
सो कार्यक्रममा एलायन्सका थर्ड भाइस डिष्ट्रिक गर्भनर धना आचार्यले कार्यक्रमको समन्वय गरेका थिए ।
FACEBOOK COMMENTS