काठमाडौँ— नेपाल आयल निगमले आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ ।
यो भाडादर आन्तरिक तर्फ उड्ने जहाजहरुले लिने पूरा भाडामा घटेको हो ।
वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्यका अनुसार दुरीको हिसाबमा ९० देखि ४४० रुपैयाँसम्म भाडा घटेको छ।
उनले आइतबारदेखि लागू हुनेगरी फ्युल सरचार्ज (इन्धन शुल्क)मा कम्तीमा ९० रुपैयाँसम्म घटाएइको बताए ।
नयाँ भाडादर अनुसार काठमाडौं(सिमरा ९० रुपैयाँ घटेको छ।
पहिला ९४० रुपैयाँ लिइँदै आइएको फ्युल सरचार्ज आइतबारदेखि ८५० रुपैयाँ मात्रै लिइनेछ।
— कान्तिपुर
FACEBOOK COMMENTS