काठमाडौं । लुम्बिनी प्रदेशले जारी पीएम कप अन्तर्गत बागमती प्रदेशलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ३४ रनले पराजित गरेको हो ।
लुम्बिनीले दिएको २३४ रनको लक्ष्य पछाएको बागमतीले ४४ ओभरमा अल आउट हुदै १९९ रन बनाएको थियो । यसअघि पहिला ब्याटिंग गरेको लुम्बिनीले ४५.२ ओभरमा अल आउट हुदै २३३ रन बनाएको थियो ।
यो जितपछि लुम्बिनीको ८ खेलमा ९ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै बागमतीले भन्दै सबै खेल खेल्दै ९ खेलमा ८ अंकसहित आठौ स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । योसँगै बागमती अर्को बर्ष हुने जय ट्रफीमा छनौट हुन असफल भएको छ ।