काठमाडौं, माघ २९- आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य नेपालले ५ दशमलव २ ओभरमै पूरा गर्यो ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल एक रन र सुवास खकुरेल शून्य रनमै पेभेलियन फर्किएका थिए । तर पारस खड्काले अविजित २० रन र दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाउँदै नेपाललाई सानदार जित दिलाए ।
बलिङतर्फ अमेरिकाका लागि नोथुस किनजिले दुई विकेट लिएका थिए । यसअघि अमेरिका ३५ रनमा नै अल आउट भएको थियो । अमेरिकाका लागि ओपनर जाभियर मार्शलले १६ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए । त्यस्तै सुशन भारीले चार विकेट लिए ।
FACEBOOK COMMENTS