उपहारजंग शाह/अमेरिका ,
अमेरिकाको न्युयोर्क अहिले कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु भएको छ । करिब ३३ करोड जनसंख्या रहेको अमेरिकामा यो आलेख तयार पार्दासम्म २ लाख ६५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ६ हजार ६ सय ८६ जनाको मृत्यु भइसकेको छ भने ५ हजार ७ सय ८१ जना बिरामी चिन्ताजनक अवस्थामा छन् । जसमध्ये न्युयोर्कमा ८४ हजार जनामा संक्रमण फेला परिसकेको छ भने १ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ ।
महाशक्ति राष्ट्र अमेरिकामा संक्रमण नियन्त्रणबाहिर जाने अवस्था कसरी आयो त? यसपछाडि धेरै कारण छन् । चीन र युरोपमा महामारी फैलिसक्दा पनि सरकारका उच्च अधिकारीबीच नै चालिनुपर्ने कदमका विषयमा जुहारी चलिरह्यो । राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँले कोरोनाभाइरस संक्रमणलाई कहिले मौसमी रुघाखोकी जस्तै मौसम तातिँदै जाँदा हराउने त कहिले विपक्षी पार्टी डेमोक्र्याटको प्रपञ्च हो भनिरहे ।
महाशक्ति राष्ट्र अमेरिकामा संक्रमण नियन्त्रणबाहिर जाने अवस्था कसरी आयो त? यसपछाडि धेरै कारण छन् । चीन र युरोपमा महामारी फैलिसक्दा पनि सरकारका उच्च अधिकारीबीच नै चालिनुपर्ने कदमका विषयमा जुहारी चलिरह्यो । राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँले कोरोनाभाइरस संक्रमणलाई कहिले मौसमी रुघाखोकी जस्तै मौसम तातिँदै जाँदा हराउने त कहिले विपक्षी पार्टी डेमोक्र्याटको प्रपञ्च हो भनिरहे । ट्रम्पले सीएनएन, बीबीसी, न्युयोर्क टाइम्सलगायत अखबारले भाइरससम्बन्धी समाचारलाई अतिरञ्जित गरेको र जनतामा त्रास उत्पन्न गर्दै सेयरबजारलाई धराशयी बनाउन भूमिका खेलेको आरोपसमेत बारम्बार लगाए । तर, अहिले अमेरिका सपनाबाट ब्युँझेजस्तो अवस्थामा पुगेको छ । चीन, दक्षिण कोरियालगायतका मुलुक कोरोनाभाइरसको महामारीबाट क्रमशः मुक्त हुँदै गर्दा अमेरिकामा भने अवस्था झन् नाजुक हुने र २ लाख ४० हजारसम्मको मृत्यु हुने अनुमान गर्न थालिएको छ ।
कतिसम्म भने विज्ञ भनिएका व्यक्ति र नीति निर्माताबाटै साना विषयमा समेत जनतलाई सही सूचना प्रवाह गर्न नसकेको भन्दै आलोचना हुन थालेको छ । यस्तै एक विषय हो, मास्क लगाउने कि नलगाउने भन्ने । सुरुमा के भनियो भने मास्क लगाउँदा कोरोनाभाइरसको संक्रमण हुने सम्भावना झन् बढी हुन्छ । तर्क थियो, भाइरस अत्यन्तै मसिनो हुने भएकाले सामान्य मास्कले भाइरसलाई शरीरभित्र छिर्नबाट रोक्न सक्दैनन् । बरू मास्क मिलाउन पटकपटक कान, गाला आदिमा हातले छोइने भएकाले भाइरस शरीरमा छिर्ने जोखिम बढ्छ ।
यसै विषयमा अमेरिकाका सर्जन जनरल जेरोमी एडम्सले फेब्रुअरी २९ मा ट्वीट गर्दै भनेका थिए, ‘मास्क किन्न बन्द गरौँ । मास्क सर्वसाधारणलाई भाइरस संक्रमण हुनबाट जोगाउन प्रभावकारी छैनन् ।
यसै विषयमा अमेरिकाका सर्जन जनरल जेरोमी एडम्सले फेब्रुअरी २९ मा ट्वीट गर्दै भनेका थिए, ‘मास्क किन्न बन्द गरौँ । मास्क सर्वसाधारणलाई भाइरस संक्रमण हुनबाट जोगाउन प्रभावकारी छैनन् । तर, स्वास्थ्यकर्मीले मास्क पाएनन् भने उनीहरूसँगै समुदाय नै जोखिममा पर्न जान्छ ।’ त्यस बेला अमेरिकामा महामारीले विकराल रूप लिइनसकेकाले यो तर्कलाई नै सही मानियो र ट्रम्प प्रशासनले जारी गरेको देशव्यापी निर्देशनमा पनि मास्क उति आवश्यक नभएको तर हात धुन, सामाजिक दूरी कायम राख्न, धेरै प्रयोग हुने र बढी छोइने सहतलाई समय समयमा सफा गर्न र मिलेसम्म घरमै बस्न जोड दिइयो ।
तर, अहिले न्युयोर्कमा संक्रमण नियन्त्रणबाहिर गएका कारण मास्क लगाउनु आवश्यक भएको निष्कर्षमा नीतिनिर्माताहरु पुगेका छन् । ३ अप्रिलको साँझ न्युयोर्क सहरका मेयर बिल डी ब्लासियोले नागरिकलाई बाहिर निस्कँदा वा अरू व्यक्तिको नजिक हुँदा अनुहार छोप्न सल्लाह दिएका छन् । भाइरस संक्रमणको लक्षण नै नदेखिका व्यक्तिले रोग फैलाइरहेकाले मास्क लगाउँदा वा अनुहार छोप्दा उनीहरुले बोल्दा, खोक्दा वा छ्युँ गर्दा स्वस्थ व्यक्तिमा भाइरस सर्ने सम्भावना कम हुने निष्कर्षमा नीति निर्माता पुगेका हुन् ।
ट्रम्प प्रशासनले पनि यस्तै व्यहोराको देशव्यापी निर्देशन छिट्टै सार्वजनिक गर्ने अनुमान गरिएको छ । मेयर ब्लासियोले भनेका छन्, ‘मास्क नै लगाउनुपर्छ भन्ने छैन, मुहार छोप्न स्कार्फ, रुमाल जे प्रयोग गरे पनि हुन्छ । तर, मुहार छोप्दा संक्रमितले भाइरस फैलाउने सम्भावना भने घट्छ ।’ उनले स्वास्थ्यकर्मीले प्रयोग गर्ने खालका मास्कलगायत मेडिकल सामग्री जथाभाबी प्रयोग नगरिदिन पनि अनुरोध गरेका छन् ।
मास्क लगाउनु आवश्यक नभएको अमेरिकी सरकारको निर्देशन त्रुटिपूर्ण भएको सन्दर्भमा युनिभर्सिटी अफ सान फ्रान्सिस्कोका अनुसन्धानकर्मी जेरेमी हवार्डले भनेका छन्, ‘सर्वसाधारणलाई मास्क नलगाउन गरिएको अपिल अवैज्ञानिक र बेहोसीमा गरिएको निर्णय थियो । यो नीतिनिर्माताको सबैभन्दा खराब कदम थियो ।’
FACEBOOK COMMENTS