काठमाडौं, मंसिर २९ – आइतबार पनि देशका विभिन्न ठाउँको मौसम बदली भइ मध्य, पूर्वी र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावले मुलुकभर हिमपात र वर्षा भएसँगै अधिकांश भेगको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ। बुधबार साँझदेखि भित्रिएको वायुको प्रभाव अझै यथावत् छ।
सुदूरपश्चिम, मध्यपश्चिमसहित पूर्वीपहाडी भेगमा आज आइतबार पनि हल्का हिमपातसहितको हिउँदे झरी दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् मञ्जु बासीका अनुसार हिजो अस्तीको जस्तो लगातार पानी पर्ने वा भारी हिमपातको सम्भावना भने नभएको बताए।
यो प्रणालीका कारण भारी हिमपात हुने र देशभरकै मौसम बदली भइ पानी पर्ने सम्भावना रहेकाले देशभरि नै चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।
FACEBOOK COMMENTS