काठमाडौं – राष्ट्रिय योजना आयोगले पञ्चवर्षिय योजनामा ५० प्रतिशत जनातामा बीमाको पँहुच पुग्ने लक्ष्य राखेको छ ।
योजना आयोगले पञ्चवर्षिय योजना सार्वजानीक गर्दै आर्थिक वर्ष ०८०÷८१ सालसम्म बीमाको पंहुच बढाएर आधा जनंसंख्यामा पुर्याउने लक्ष्य लिएको हो ।
हाल जीवन बीमामा आवद्ध जनसंख्या १४ प्रतिशत रहेको बीमा समितिले जनाएको छ ।
न्युन आय भएका, दुर्गम र पिछडिएका लगायत हरेक स्थानीय तहसम्म बीमा सेवा विस्तार १५ औं योजनाको आधारपत्रमा उल्लेख छ । यस अवधिमा सम्पत्तिमा आधारित, जीवन र स्वास्थ्य बीमामा आवद्ध जनसंख्या ५० प्रतिशत पुगेको हुनेछ ।
कृषि बीमाको पंहुच १० प्रतिशत पुगको हुने १५ औं योजनाको आधारपत्रमा उल्लेख छ ।
हाल जीवन बीमा व्यवसायको आकार बढेर २२ अर्ब रुपैयाँ पुगेको समितिको तथ्याँकमा उल्लेख छ । हालसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीको संख्या १९ पुगेको छ ।
FACEBOOK COMMENTS