काठमाण्डौँ — इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड २०१९’ हुने भएको छ।
नेपाली निर्माण क्षेत्रले पुर्याएको योगदानलाई सम्मानस्वरुप उक्त अवार्ड वैशाखा दोस्रो साता हुन लागेको हो।
अवार्डले नेपाली निर्माण क्षेत्रमा भइरहेका राम्रा कार्यहरुको पहिचान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।
यसले नेपाली निर्माण क्षेत्रमा भइरहेका उदाहरणीय कार्यलाई प्रोत्साहित गर्ने र अन्ततः गुणस्तरीय पूर्वाधार निर्माणलाई प्रोत्साहन गर्ने विज्ञप्तिमा छ।
‘इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड २०१९’ विभिन्न सातवटा विधामा प्रदान गरिनेछ।

— नागरीक
