काठमाडौं, पुस २३- इरानमा एक यात्रीवाहक विमान दुर्घटना हुँदा १७६ जनाको मृत्यु भएको छ ।
युक्रेन इन्टरनेसनल एयरलाइनसको पीएस७५२ विमान स्थानीय समयअनुसार ६ बजेर १२ मिनेट जाँदा तेहरानस्थित इमाम खोमेनी विमानस्थलबाट युक्रेनको राजधानी किएभका लागि उडान भरेको केही मिनेटमा नै दुर्घटनाग्रस्त बनेको थियो ।
इरानको उड्डयन संगठनका प्रवक्ताकाअनुसार विमानमा १६७ जना यात्री र चालकदलका ९ सदस्य सवार थिए । उनीहरु सबैको मृत्यु भएको जनाइएको छ ।
प्रारम्भिक जानकारी अनुसार विमानको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बुझिएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनी ९चालक दलका सदस्य० चार अफगानी, तीन बेलायती र तीन जर्मन नागरिक सवार रहेको विदेश मन्त्री भादिम प्रिस्ताइकोले जानकारी दिए ।
FACEBOOK COMMENTS