काठमाण्डौँ – इलाममा सुरु भएको मेची क्षेत्र पर्यटन महोत्सवमा आगन्तुकले उच्च पहाडी भेगमा पाइने चौंरी गाई अवलोकनदेखि अर्गानिक चियाको स्वाद लिनेसम्म अवसर पाएका छन्।
सिक्किम, बंगलादेश र बिहारका पर्यटकलाई लक्ष्य गरेर बिहीबारदेखि सुरु भएको महोत्सवमा कृषि उपजका कक्ष, विभिन्न जातिको पहिचान बोकेका खानाको स्वाद चाख्ने अवसर मिलेको छ।
इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिका महासचिव देवी पौड्यालका अनुसार मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई चिनाउने गरी स्टलको व्यवस्थापन गरिएको छ।
तीन वर्षअघि ‘चलो इलाम’ लगायत अभियानसहित भारतको कलकत्तामा पुगेर यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने काम गरेको समितिले चारै जिल्लाका पर्यटनसँग सरोकार राख्ने सबैलाई एकै ठाउँ उभ्याउने प्रयास गरेको उनले बताए।
१२ दिनसम्म चल्ने महोत्सवमा साहित्यिक कार्यक्रम, खेलकुद, मेची क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सकिने प्रयासबारे अन्तत्र्रिmया लगायत कार्यक्रम आयोजना गरिने अध्यक्ष विजय राईले जानकारी दिए।
महोत्सवमा ६६ वटा कक्षमा चारै जिल्लामा उत्पादन हुने मुख्य कृषि उपज र जातअनुसार खानाका परिकार छन्।
महोत्सवमा ५० हजार पर्यटकले सहभागी हुने र सो अवधिमा दुई करोड ५० लाखको कारोबार हुने अनुमान छ।
– अन्नपुर्ण
FACEBOOK COMMENTS