काठमाडौं,मंसिर १ -८ औं कर दिवसका अवसरमा सरकारले उत्कृष्ठ करदाताहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमकाबिच अर्थमन्त्री डा. युवराज खतिवडाले धेरै कर तिर्ने करदाताहरुलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा सबै भन्दा धेरै कर तिर्ने करदाताको सूचिमा सूर्य नेपाल पहिलोमा परेको छ । त्यसै गरी ठुलो निर्यातकर्ताका रुपमा डाबर नेपालले सम्मानित भएको छ ।
चुरोट, मदिरा बाहेकको क्षेत्रबाट धेरै कर जगदम्बा सिमेन्टले तिरेको छ भने अन्नपूर्ण एग्रोले कृषि तर्फको सम्मान पाएको छ ।
बाणिज्य बैंक तर्फ राष्ट्रिय बाणिज्य बैंकलेसम्मान प्राप्त गरेको छ भने लघुवित्त कम्पनी तर्फ छिमेक लघुवित्तले सम्मान हात पारेको छ । नेपाल लाइफ इन्सुरेन्स बीमा तर्फको सम्मान ग्रहण गर्दा स्वास्थ्य तर्फ मणिपाल शिक्षण अस्पताल पुरस्कृत भएको छ ।
सूचनातथा प्रबिधिका क्षेत्रमा धेरै कर तिर्नेमा वल्र्ड लिंकपरेको छ भने व्यापार तर्फ अग्नी इन्कर्पोरेटिडले सम्मान पाएको छ ।
सिद्धार्थ समशेर राणा व्यक्तिगत तर्फ धेरै आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएका छन् ।
FACEBOOK COMMENTS