काठमाण्डौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजे बीच आज महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपाल र फ्रान्स बीचको आर्थिक व्यवासायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भयो ।
महासंघका अध्यक्ष राणाले दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी तथा आपसी हितका थुप्रै क्षेत्रहरू भएकाले संयुक्त सहकार्यलाई अगाडी बढाउन आर्थिक कुटनीतिमा जोड दिए ।
राजदूत लेजेले नियमित रूपमा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान एवं सहकार्यका विषयमा गहनरूपमा भेटवार्ता एवं छलफल हुनुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS