काठमाण्डौँ — उपत्यकाका नदीको फोहोर पानी सफा पार्न थप तीन वटा प्रशोधन केन्द्र बन्ने भएका छन् ।
तीनै वटै प्रशोधन केन्द्रको औपचारिक निर्माण शुरु गर्न बिहीबार ललितपुरको बालकुमारीस्थित धोबिखोला र कोड्कु प्रशोधन युनिटको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे ।
झण्डै ४ अर्बको लागतमा बन्न लागेका यी परियोजनाबाट प्रशोधित पानी पिउन नमिले पनि अन्य प्रयोगमा ल्याउन सकिनेछ ।
स्वचालित यी आयोजनाबाट पानी मात्रै सफा हुने छैन, उर्जा, बायोग्यास, मलसमेत निकाल्ने योजना छ ।
हाल गुह्येश्वरीमा बन्दै गरेको ढल प्रशोधन केन्द्रको ८० प्रतिशत निर्माणको काम सकिएको खानेपानी मन्त्रालयले जानकारी दिएको छ ।
सल्लाघारी, कोड्कु, धोबीघाटमा भने अब बल्ल काम शुरु हुन लागेको हो ।
— कान्तिपुर
FACEBOOK COMMENTS