काठमाडौं, पुष १- उपत्यकाको आकाशमा बाक्लो कुहिरो लागिरहेको छ । केही दिन अघिको वर्षाका कारण जलवाष्पयुक्त हावा विकास हुँदा देशभर कुहिरो लागेको मौसमविद्ले बताएका छन् । केही दिन अब मौसम यस्तै रहने पनि उनीहरुले बताएका छन् ।
अहिले काठमाडौं उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा बदली र कुहिरो लागेको भएता पनि दिउँसो भने घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जनाइन् ।
मंगलबार दिनभर देशको पूर्वी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ । यस्तै राति भने देशभरको मौसम सफा हुने जनाइएको छ ।
मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो तापक्रम बढेर १६ देखि १८ डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ ।
FACEBOOK COMMENTS