काठमाडौं, फागुन ८ – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति नन्दकिशोर पुनले सरकारको विरोध गरी भाषण गर्दै हिँडेको आरोप लगाएका छन्। ओली पक्षीय नेकपाले विराटनगरमा आयोजना गरेको सभामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘उपराष्ट्रपति सरकारविरुद्ध भाषण गर्दै हिँड्नु भएको छ। उहाँको पदले भाषण गर्दै हिड्ने, सरकारको विरोध गर्दै हिड्ने अधिकार दिएको छैन,’ ओलीले थपे, ‘संविधान मिचियो, प्रजातन्त्र मासियो आदि कुराहरु प्रतिनिधि सभा विघटन गरेर बेठिक भयो भन्दै हिँड्नु भएको छ।’
उपराष्ट्रपति पुनले चुनाव गर्न पाईंदैन भन्दै हिँडेको आरोपसमेत लगाएका थिए। ‘उहाँ चुनाव नगर्ने पृष्ठभूमिबाट आउनु भएको थियो। अब त कमसेकम चुनाव हुनेतिर आउनुस्,’ ओलीले भनेका थिए। ओलीले आफ्नो पक्षको नेकपा झगडिया नभएको बताएका थिए।
FACEBOOK COMMENTS