काठमाडौं, जेठ २५ – सरकारले एक साताभित्रै ‘एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गर्ने भएको छ । विस्तारित अस्पताल सेवा उपलव्ध गराउने उद्देश्यले सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।
सरकारले नर्स तथा स्वास्थ्यकर्मीले एक भन्दा बढी स्वास्थ्य संस्थामा काम गर्ने परिपाटीलाई हटाउन पनि सरकारले यो कार्यक्रम लागू गर्न लागेको बताइएको छ । सरकारले एक साताभित्र यो कार्यक्रम लागू गर्ने भएको छ ।
यो कार्यक्रम गएको असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकमा पेश भएको थियो । त्यसपछि मन्त्रिपरिषद् समामाजिक समितिमा छलफल गरी गत मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै कार्यविधि स्वीकृति गरेको थियो ।
सो बैठकले कार्यक्रम सञ्चालनका लागि आवश्यक नीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो । उक्त कार्यक्रम अब भने लागू हुने बताइएको छ । यससम्बन्धी कार्यविधि तयार भइसकेकाले अब एक साताभित्र कार्यन्वयन गर्ने तयारी सरकारले गरेको छ ।
यस कार्यविधि लागू गर्नका लागि कार्यरत संस्थाले अतिरिक्त भत्ता र अन्य सुविधा उपलव्ध गराउने, कार्यविधिअनुसार कार्य सम्पादनका आधारमा चिकित्सकलाई शतप्रतिशत र कार्यक्रम सञ्चालनबाट प्राप्त आयमा ८० प्रतिशत अतिरिक्त भत्ता चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई दिइनुपर्ने उल्लेख गरिएको छ ।
यस्तो छ निर्णय र कार्यविधि–
FACEBOOK COMMENTS