काठमाडौं, भदौ २७। एनआइसी एसिया बैंकको २१ दशमलव ०५२ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार (भदौ २६ गते) अन्तिम दिन हो ।
बैंकले साधारण सभा प्रयोजनका लागि भदौ २९ गते आइतबारदेखि असोज १० गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ, भदौ २८ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउन सक्ने भए पनि यस दिन शनिबार परेको छ । २७ गते शुक्रबार पनि सेयर कारोबार नहुने भएकाले बिहीबारभित्र सेयरधनी बनिसक्नुपर्ने हुन्छ ।
एनआइसी एसियाले असोज १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले २१ दशमलव ०५२ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव पेश गर्दैछ ।
बैंकले गत वर्षको नाफाबाट ११ दशमलव ०५२६ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २१ दशमलव ०५२ प्रतिशत लाभांश दिन लागेको हो । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा एनआइसीले ३ अर्ब ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS