काठमाडौं- संसदीय सुनुवाइ समितिले ओमप्रकाश मिश्रलाई प्रधान न्यायाधीशमा अनुमोदन गरेको छ। प्रधानन्यायाधीशमा सिफारिस भएको दुई सातापछि मिश्रको समितिले मिश्रको नाम अनुमोदन गरेको हो।
यसअघि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले मिश्रलाई पुनः प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
समितिमा मिश्रविरुद्ध तीन उजुरी विचाराधीन थिए। सुनुवाइबाट अनुमोदन भएसँगै मिश्रलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।