काठमाण्डौँ — भक्तपुरमा आयोजना भइरहेको बृहत औद्योगिक व्यापार मेलामा २ करोडको कारोबार भएको छ ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले नयाँ वर्षको अवसरमा आयोजना गरेको पाँचौ भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलाको आठौं दिनमा झण्डै एक लाखले अवलोकन गरेको आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।
सल्लाघारीमा सञ्चालित मेलामा ६ दर्जनभन्दा बढी चर्चित गायक गायिका, हास्यव्यंग्य कलाकार, जादुगरले उपस्थिति जनाएका छन् ।
बिहीबार कुलेन्द्र विक, ऊँ माने पेमे व्याण्ड, रवि के हमाल, आयुष अधिकारी, जीवन परियारले दर्शकलाई तताएका थिए ।
मेलामा अटोमोबाइल, अन्तर्राष्ट्रिय खाना महोत्सव, अन्तर्राष्ट्रिय स्टल, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामान लगायत दुई सय स्टल राखिएका छन् ।
मेला वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।
— अन्न्पुर्ण
FACEBOOK COMMENTS