काठमाण्डौं– बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको जिएमआरले फेरी म्याद थपका लागि लगानी बोर्डमा आवेदन दिएको छ।
आगामी असोज ३ भित्र लगानी जुटाउन नसक्ने भएपछि म्याद थपका लागि बोर्डमा आवेदन दिएको हो।
उसले दिएको निवेदन आगामी बोर्ड बैठकमा पेस हुने र बैठकले उचित निर्णय गर्ने बताइएको छ ।
बोर्डको बैठक यही महिनाभित्रै बस्ने तयारी छ ।
करिब चार वर्ष हुँदा पनि जिएमआरले नौ सय मेगावाटको माथिल्लो कर्णाली बनाउन लगानी जुटाउन सकेको छैन ।
आगामी असोज ३ गते उसले लगानी जुटाउन पाएको थप समय सकिँदैछ।
बोर्डसँग भएको आयोजना विकास सम्झौता (पिडिए) अनुसार जिएमआरले आगामी सन् २०२१ को अन्त्यमा सम्पन्न गरी सन् २०४६ मा सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ।
– नागरीक
FACEBOOK COMMENTS