काठमाण्डौँ — कर्णाली प्रदेशका करिब ७ प्रतिशत जनसंख्या कम्तीमा एकदिन भोकै रहनुपरेको सरकारी अध्ययनले देखाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले तयार पारेको प्रतिवेदनअनुसार आय आर्जन र स्थानीय स्रोत साधनलगायत अभावले भोकै बस्नुपरेको हो ।
सात प्रतिशत जनसंख्या उच्चतम खाद्य असुरक्षामा रहेको तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए ।
उलका अनुसार कर्णालीका करिब १ हजार ७ सय ८ घरधुरीमा सर्वेक्षण गरिएको थियो ।
अध्ययनको निष्कर्षका आधारमा १ लाख १३ हजार ६ सय ५२ सर्वसाधारण कम्तीमा एक दिन भोकै बस्छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS