काठमाण्डौँ — नेपाल वायुसेवा निगम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरूबीच समन्वय नहुँदा वाइडबडीको दुबई उडान रद्द भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
छानबिन समितिका संयोजक तथा सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वको समितिले यस्तो निष्कर्ष निकालेको हो ।
समितिले शुक्रबार प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव मोहनकृष्ण सापकोटालाई बुझाएको छ।
सहसचिव लामिछानेका अनुसार, २७४ यात्रु राखेर दुबई उड्नु पर्ने निगमको बाइडबडी दुई निकायका पदाधिकारीहरुबीचको समन्वय अभावले उडान रद्द भएको देखिन्छ।
समितिलाई घटनाको कारण, दोषी पत्ता लगाई आगामी दिनमा यस्ता घटना हुन नदिन सुझावसहित पेस गर्न पर्यटन राज्यमन्त्रीस्तरीय निर्णयले अधिकार दिएको थियो।
छानबिन समिति यस घटनाको अध्ययनका क्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलसहित दुबै निकायका २० हाराहारी कर्मचारीसँग अन्तर्वार्ता गरेको थियो।
छानबिन समितिले कारबाहीसहित थप १९ वटा सुझाव पनि दिएको छ।
— कान्तिपुर
FACEBOOK COMMENTS