काठमाडौं, भदौ १८ – उपत्यका नगरपालिका फोरमले आज बिहीबारदेखि काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा खुकुलो भएकाले भयावह स्थिति आउने भन्दै यसलाई तुरुन्त कडा पार्न सम्बन्धित निकायसँग माग गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गरी फोरमले ‘दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म विकास निर्माणका पसलरव्यवसाय सञ्चालन गर्न सकिने।’ बुँदाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जारी आदेशलाई अविलम्ब सुधार गर्न स्थानीय प्रशासनसँग माग गरेको हो ।
यस्तो निषेधाज्ञाको खासै अर्थ नहुने भएको उल्लेख गर्दै फोरमले अत्यावश्यक वस्तु र सेवालाई बिहान ९ बजेसम्म खुला गर्न पाइनेसम्म मात्र आदेश सीमित राख्न सम्बन्धित निकायसँग माग गरेको हो ।
FACEBOOK COMMENTS