काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज चेन्नई सुपर किंग्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।
जारी आइपिएलमा चेन्नईले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । चेन्नईले पहिल्लो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो भने त्यसअघिका तीन खेलमा लगातार हार बेहोरेको थियो । चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरु, पञ्जाव किंग्स र राजस्थान रोयल्ससँग हार बेहोरेको थियो ।
अर्कोतर्फ कोलकोता नाइट राइडर्स भने आफ्नो पहिलो जितको खोजीमा रहेको छ । ४ खेलमा ३ खेलमा हार बेहोरेको कोलकोताको एक खेल बर्षाले रद्ध भएको थियो । कोलकोताको पञ्जावविरुद्धको खेल बर्षाले रद्ध भएको थियो भने लखनउ सुपर जाइन्ट, सनराइजर्स हैदरावाद र मुम्बई इण्डियन्ससँग हार बेहोरेको थियो ।