काठमाडौं, असोज ११ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३ जना, भक्तपुरमा ७२ जना र ललितपुरमा १०४ जना संक्रमित थपिएका हुन्।
पछिल्लो पटक देशभर १५ हजार ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका समेत गरेर देशभर कूल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ।
FACEBOOK COMMENTS