काठमाडौं, वैशाख ९ – आज बिहीबार काठमाडौं उपत्यकाको मौसम बिहानैदेखि बदली भएको छ । अहिले काठमाडौं उपत्यकामा सामान्य मेघगर्जन र हावाहुरीसहित पानी परिरहको छ ।
आज काठमाडौं उपत्यकासहित देशका अन्य स्थानमा पानी पर्ने मौसमविद्ले जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुको प्रभावले देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने समभावना रहेको छ ।
आज देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको हो । महाशाखाको मौसमी बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ ।
यस्तै आज सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ ।
यस्तै आज राती देशभर पहाडी भू–भागहरुमा आँशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ ।
FACEBOOK COMMENTS