काठमाडौं– कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि आवेदन खुल्ला गरेको छ ।
बैंक सञ्चालक समितिले नयाँ सिइओ खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न खोजेको हो।
इच्छुक आवेदकले व्यावसायिक कार्ययोजना सहित मंसिर २३ गतेसम्म आवेदन दिनु पर्ने हुन्छ।
व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्यशास्त्र, व्यापार, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ।
चार्टर्ड एकाउन्टेन्ट गरेकाको हकमा निम्न विषयमा कम्तिमा स्नातक गरि बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संघठित संस्था, विश्व विद्यालय तथा त्यस्तो निकायमा अधिकृत वा त्यसभन्दा माथिल्लो तहमा रहेर कम्तिमा पनि १० वर्ष काम गरेको अनुभव हुनु पर्नेछ।
उम्मेदवारले पेश गरेको कार्ययोजना हेरेर कम्तिमा ५ जनालार्इ छनौट गरि कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वाताको लागि छनौदट गर्नेछ।
प्रमुख कार्यकारी अधिकृतको मासिक तलव औषतमा दुर्इ लाख ५० हजार रुपैयाँ हुनेछ ।
FACEBOOK COMMENTS